Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

हत्या भएको १७ औं दिनमा भागरथीको आज दाहसंस्कार हुँदै

हत्या भएको १७ औं दिनमा भागरथीको आज दाहसंस्कार हुँदै

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 928
    SHARES

  • हत्या भएको १७ औं दिनमा भागरथीको आज दाहसंस्कार हुँदै

    काठमाडौं ।  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ ।

    हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो । भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेको थिएन ।

    प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दिनेश भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

    दिनेशले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । तर हिजो दीपकले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझ्न लागेको हो ।

    भागरथीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरामा रहेको महाकाली नदीको छेउको आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

    गएको माघ २१ गते विद्यालयबाट घर जाने क्रममा भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।


    शुक्रवार, फाल्गुण ७ २०७७१०:५८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij