काठमाडौं । धादिङको धादिङवेशी सल्यानटार सडक खण्डअन्तर्गत नीलकण्ठ नगरपालिका –८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् ।
ज्वालामुखी गाउँपालिकाको –६ काउलेडाँडाबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस पाल्पाभन्ज्याङ नजिक सडकमै पल्टिएको थियो ।
घाइतेमध्ये रिदम नगरकोटीको खुट्टामा गम्भीर समस्या देखिएकाले उनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ ।