Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली सर्वोच्चमा, यस्तो छ जानुको कारण

प्रधानमन्त्री ओली सर्वोच्चमा, यस्तो छ जानुको कारण

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री ओली सर्वोच्चमा, यस्तो छ जानुको कारण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत गएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आज उनी आफैं सवोच्चमा उपस्थित भएका हुन् ।

    प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले अवहेलनासम्बन्धी छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । सर्वोच्चले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन माघ १५ मा ओलीलाई आदेश दिएको थियो ।

    प्रतिनिधिसभा विघटनको मुद्दालाई लिएर एउटा कार्यक्रममा भाषण गर्ने क्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई गिज्याएका थिए । उनले वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्दै अदालतको अवहेलना गरेको भन्दै रिट दायर भएको थियो ।

    उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले ओलीलाई लिखित जवाफ लिएर आफैं उपस्थित हुन भनेको हो । सोहीअनुरुप उनी आज अदालत गएका हुन् ।

     


    बिहिवार, फाल्गुण ६ २०७७१२:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij