Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधवार, फाल्गुण ५ २०७७

  • 707
    SHARES

  • थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ताप्लेजुङमा १, मोरङमा ३, काठमाडौँमा ४५, काभ्रेमा २, चितवनमा १३, दोलखामा १, भक्तपुरमा ६, मकवानपुरका १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन्।

    यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा १६, गोरखामा १, तनहुँमा २, म्याग्दीमा १, स्याङ्जामा १, गुल्मीका १, बर्दियामा ५, बाँकेमा १, रुपन्देहीमा ५, जुम्लामा ७, तथा कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

    काठमाडौँ उपत्यकामा थप ६० जनामा संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार बुधबार ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ।

    गत २४ घन्टामा ३ हजार ८ सय ३८ पीसीआर परीक्षण भएको छ।

    हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


    बुधवार, फाल्गुण ५ २०७७०५:३३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij