Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिपुराका मख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहको आपत्ति

त्रिपुराका मख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहको आपत्ति

  • बुधवार, फाल्गुण ५ २०७७

  • 848
    SHARES

  • त्रिपुराका मख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहको आपत्ति

    काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ।

    नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहले वक्तव्य जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ’, प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    मुख्यमन्त्री देवले हालै मात्र भाजपा अध्यक्ष एवम् भारत सरकारका गृहमन्त्री अमित शाहले नेपाल लगायत देशहरुमा भाजपा बिस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताउनुभएको थियो ।

    यस्तो अभिव्यक्तिले दुई छिमेकी मित्र राष्ट्रहरुको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने वक्तव्यमा उल्लेख गरिएको छ ।

    भारत सरकार र अमित शाहबाट यसबारे स्पष्ट पारिनुपर्ने पनि अपेक्षा पनि वक्तव्यमा गरिएको छ ।


    बुधवार, फाल्गुण ५ २०७७०५:२५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij