काठमाडौं । भूकम्पपछि पुनःनिर्मित प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारको आज उद्घाटन हुँदै छ ।
सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रवलीकरण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सिंहदरबार भवनको उद्घाटन गर्दै हुनुहुन्छ ।
पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावट समेत सम्पन्न गरेर उद्घाटनको तयारी गरिएको हो । उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत आजै सार्ने तयारी भएको छ ।
भुकम्पपछि अन्यत्र सारिएको प्रधानमन्त्री कार्यालय ७० महिनापछि सिंहदरबारको मूल भवनमा सर्न लागेको हो ।
पूर्वी भाग प्रवलीकरणको उद्घाटनसँगै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे पनि सिंहदरबार मूल भवनको डबलीबाटै जानकारी गराउनुहुने कार्यक्रम समेत रहेको छ ।
सिंहदरबारका तीन भाग प्रवलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भएपनि पहिलो हप्तामै काम सकिएको छ ।
गौरीशर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रवलीकरण गरेको हो । उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको ८७ करोड लागतमा सम्पन्न भएको जनाईएको छ ।