Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशको प्रश्न : ‘यो सरकार ओलीको हो कि नेकपाको ?'

प्रधानन्यायाधीशको प्रश्न : ‘यो सरकार ओलीको हो कि नेकपाको ?'

  • आइतवार, फाल्गुण २ २०७७

  • 1.5K
    SHARES

  • प्रधानन्यायाधीशको प्रश्न : ‘यो सरकार ओलीको हो कि नेकपाको ?'

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज निवेदकतर्फका कानून व्यवसायीले जवाफी बहस गरिरहेका छन् । बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘सरकार बन्ने अवस्था कहाँ देख्नुभयो ?’ भन्दै अधिवक्ता दीनमणि पोख्रेललाई प्रश्न गर्नुभएको छ ।

    सुरुमा प्रधान्याधीस जबराले ‘यो सरकार केपी ओलीको हो कि नेकपाको’ भन्दै सोध्नुभयो । जवाफमा अधिवक्ता पोख्रेलले सरकार नेकपाको भएको बताउनुभयो ।

    त्यसपछि प्रधानन्यायाधीश जबराले त्यही जवाफमाथि टेकेर थप प्रश्न गर्नुभयो, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो । अनि तपाईँले धारा ७६ (१) बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो ? बहुमत प्राप्त दल भएको अवस्थामा संविधानले बाँकी बुँदालाई लोप गर्छ । बाँकी सम्भावना कहाँ छ ?’

    त्यसको जवाफमा अधिवक्ता पोख्रेलले प्रधानमन्त्री ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनुपर्ने र संसदीय दलबाट विकल्प खोज्नुपर्ने बताउनुभयो । उहाँले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जवाफ दिनुभएको छ ।

     


    आइतवार, फाल्गुण २ २०७७०२:१६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij