Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज काठमाडौंका कुन–कुन ठाउँमा बत्ती जान्छ ?

आज काठमाडौंका कुन–कुन ठाउँमा बत्ती जान्छ ?

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.3K
    SHARES

  • आज काठमाडौंका कुन–कुन ठाउँमा बत्ती जान्छ ?

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज बिजुली जाने भएको छ ।

    साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ । यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ ।

    यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाण्डौ उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जाने छ ।

    यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्म काटिने छ ।

    यो फिडरको लाइन काटिँदा पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लानिङ र आसपासका क्षेत्रमा बत्ती जाने छ । यस्तै कपन फिडर अन्तर्गतका क्षेत्रमा भोलि बत्ती जाने छ ।

    कपन फिडर अन्तर्गत भोलि बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ ।


    शनिवार, फाल्गुण १ २०७७०७:५२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij