Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

महिला हिंसा र प्रतिगमनविरुद्ध जिउँदै शव बनेर प्रदर्शन

महिला हिंसा र प्रतिगमनविरुद्ध जिउँदै शव बनेर प्रदर्शन

  • शुक्रवार, माघ ३० २०७७

  • 884
    SHARES

  • महिला हिंसा र प्रतिगमनविरुद्ध जिउँदै शव बनेर प्रदर्शन

    काठमाडौँ – प्रतिनिधिसभा भंग गर्ने सरकारको कदमविरुद्ध सुरु भएको नागरिक आन्दोलनले चर्काे रुप लिन थालेको छ । सडकमा दिनहुँ जसो प्रतिगमनविरुद्ध प्रदर्शनहरु भइरहेका छन् ।

    पछिल्लो समय लेखक, कलाकार लगायतका श्रष्टाहरुसहितका नागरिक अगुवाहरुले प्रदर्शनको नेतृत्व गरिरहेका छन् । आज काठमाडौँमा श्रष्टाहरुले कलामार्फत सबैखाले प्रतिगनमप्रति विरोध जनाए भने वृहत नागरिक आन्दोलनले प्रतिकात्मक शव यात्रा निकालेको छ ।

    कवि, लेखक तथा सर्जकहरुले विभिन्न रचनाहरु वाचन गर्दै प्रतिगमनविरद्ध खबरदारी गरेका थिए ।

    यस्तै महिलामाथि भएका हिंसा र विभेदविरुद्ध भएको मार्चपासमा पनि प्रतिगमनविरुद्ध वक्ताहरु गर्जिए । उनीहरुले संसद विघटनविरुद्ध हजारौँ महिलाहरु सडकमा निस्किसकेको भन्दै सिंहदरबार छाड्न प्रधानमन्त्री ओलीलाई चुनौती समेत दिएका छन् ।

    कालो कपडा लगाएर मार्चमा सहभागी भएका महिलाहरुले सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरु नरोकिएको भन्दै आक्रोश पोखेका थिए । उनीहरुले प्रतिकात्मक रुपमा शवयात्रा गरेका छन् जसमा शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो ।

    महिला मार्चपछि भद्रकालीमा आयोजित सभालाई सम्बोधन गर्दै लेखक डा. अर्चना थापाले प्रधानमन्त्री केपी ओलीको चर्काे आलोचना गर्नुभयो । महिला उभिएर बोल्न थाल्यो भने हाम्रो सरकारले त्यसलाई ट्याउँ–ट्याउँ भन्ने गरेको भन्दै उहाँले ट्याउँ–ट्याउँको अर्थ केपी ओलीलाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले नेतृ विन्दा पाण्डेले केही समय पहिले महिलाको पक्षमा आवाज उठाउँदा ‘ट्याउँ–ट्याउँ’ नगर्न चेतावनी दिनुभएको थियो । आजको सभामा महिला अधिकारकर्मी हिमा विष्टले महिलालाई विदेश भ्रमणमा जान आफन्त र वडाको सिफारिस चाहिने व्यवस्था लागु गर्न खोजिएकोमा आक्रोश पोख्नुभयो । नागरिक आन्दोलनले निरंकुश शासन नचाहेको सन्देश सत्तालाई दिइरहेको उहाँले बताउनुभयो ।

    पुष ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंगको घोषणा गरेको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन् । तर सरकारले सडकमा भइरहेको प्रदर्शनलाई सम्बोधन गरेको छैन ।

    बरु उल्टै सरकारले त संसद विघटन ठीक हो भनेर सडकमा सभा गरेर तमासा देखाइहेको छ । संसद विघटनबारे सर्वाेच्चको फैसलापछि मुलुकको राजनीतिले लिने रुपबारे अनेक अड्कलबाजी भइरहेका छन् ।


    शुक्रवार, माघ ३० २०७७०७:५४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij