Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभर १२७ जना संक्रमित थपिए, काठमाडौँमा कति?

देशभर १२७ जना संक्रमित थपिए, काठमाडौँमा कति?

  • शुक्रवार, माघ ३० २०७७

  • 809
    SHARES

  • देशभर १२७ जना संक्रमित थपिए, काठमाडौँमा कति?

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ओखलढुङ्गामा १, झापामा २, संखुवासभामा १, सुनसरीमा २, पर्सामा १, सप्तरीमा १, सर्लाहीमा १, काठमाडौँमा ४४, काभ्रेमा २, चितवनमा १८, नुवाकोटमा १, भक्तपुरमा ३, मकवानपुरमा २ र ललितपुरमा १२ जना संक्रमित थपिएका छन्।

    यस्तै कास्कीमा ६, गोरखामा २, तनहुँमा १, नवलपरासीपूर्वमा ३, बागलुङमा १, स्याङ्जामा ३, अर्घाखाँचीमा १, दाङमा ४, नवलपरासीमा १, बर्दियामा २, रुकुमपूर्वमा १, रुपन्देहीमा ३, रोल्पामा १, सल्यानमा १, कञ्चनपुरमा १ तथा कैलालीमा ५ जनामा संक्रमण पुष्टि भएको छ।

    काठमाडौँ उपत्यकामा थप ५९ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ।

    गत २४ घन्टामा ४ हजार पीसीआर परीक्षण भएको छ। देशभर १ हजार ७ सय ७ सक्रिय संक्रमित रहेका छन्।

    यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ।

    यसैगरी देशभर हालसम्म ६२ जनाको कोरोना संक्रमितको आईसियुमा तथा १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

     


    शुक्रवार, माघ ३० २०७७०५:०३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij