Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘केपी ओलीलाई धिक्कार छ’

‘केपी ओलीलाई धिक्कार छ’

  • बुधवार, माघ २८ २०७७

  • 1.6K
    SHARES

  • ‘केपी ओलीलाई धिक्कार छ’

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हजारौँ बलात्कारका घट्ना घटेको सुनाउँदै अहिलेसम्म क–कसलाई कारबाही गर्नुभयो ? भन्दै ओलीसमक्ष प्रश्न गरेका छन्।

    आज काठमाडौँमा दाहाल–नेपाल समूहले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै उनले भने,‘‘केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको छ । केपी ओलीजी तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नामपनि बिर्सिसक्नुभएको छ। अब पशुपतिनाथको मन्त्र जप्न थाल्नुभएको छ । तर, पशुपतिनाले कसलाई माया गर्छन्? थाहा छ? जो मानिस असल छ, जो मानिस राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्छ, पाप गर्नेलाई पुशपतिनाथले पनि माया गर्दैनन् । केपी ओलीलाई चेतना भया, संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, अधिकार कुल्चिनेहरुलाई, केपी ओलीको शासन कालमा भन्ने हो भने अहिलेसम्म ७ हजार एक सय ७० नेपाली चेलीहरु बलात्कृत भएका छन् । ती चेलीहरुको आत्माले के भनेको छ भने ए ओली तिमीले अहिलेसम्म कति जनालाई सजाय दिएका छौ? ए प्रधानमन्त्री ओली, तिमीले कति जना अपराधीलाई जेलमा कोचेका छौ ? तिम्रो संवेदनहिनतालाई देख्दाखेरि, यत्रो जिल्ला जिल्लामा घटिरहेका बलात्कार घट्नाप्रति तिम्रो असंवेदनशिलतालाई देख्दाखेरि हामीलाई लाज लागिरहेको छ, तिमीजस्ता मान्छे नेपाली आमाले जन्माईन्, र, त्यो पार्टीले तिमीलाई प्रधानमन्त्री बनायो, आज त्यही पार्टी तपाईँ सिध्याउन लागेका छौ । त्यही लोकतन्त्र तिमीले समाप्त पार्न लागेका छौ, तिमीलाई धिक्कार छ। आम नेपाली जनताले धिक्कार छ भनेका छन्। पशुपतिनाले पनि त्यही भन्ला।’


    बुधवार, माघ २८ २०७७०५:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij