Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

भागरथीको हत्याराले राजनीतिक संरक्षण पाउँदैन’

भागरथीको हत्याराले राजनीतिक संरक्षण पाउँदैन’

  • बुधवार, माघ २८ २०७७

  • 905
    SHARES

  • भागरथीको हत्याराले राजनीतिक संरक्षण पाउँदैन’

    काठमाडौं । सुदुरपश्चिम प्रदेशका कानुनमन्त्री प्रकाश शाहले भागरथी भट्टको हत्यारालाई कुनै पनि राजनितिक संरक्षण नदिने दावी गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषी धमला संग कुराकानी गर्दै शाहले भन्नुभयो, ‘संघियताको मर्म र भावना अनुसार प्रदेश सरकारले प्रहरी परिचालन गरेको छ, अनुसन्धानका सबै प्रकृया पुरा भइसकेको छ, हामी दोषिको नजीक पुगी सकेका छौ, दुःखको कुरा संघिय सरकारले अहिले सम्म हामीलाई कानुनी शक्ति दिएको छैन, त्यसैले कहिले सम्म अपराधी पत्ता लाग्छ यकिन गर्न सकिदैन ।’

    प्रदेश सरकार संग भएका स्रोत र साधन परिचालन गरि अनुसन्धानमा लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘बलात्कार जस्तो अपराधको लागि जनताले फाँसी दिनु पर्छ भनेर सडकमा आउनु स्वाभाविक हो, फाँसी दिने अध्यायदेश मात्रै ल्याएर हुदैन, त्यसलाई कडाइका साथ पालना गर्न सक्नु पर्छ ।’

    शाहले प्रदेश सरकारको शक्ति कसैले पनि खोस्न नसक्ने बताउनु भएको छ ।


    बुधवार, माघ २८ २०७७०९:२०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij