Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ओलीले भने, ‘सूर्य चिन्ह सदासर्वदा मेरो हो’, प्रचण्डले गुहारे विदेशी शक्ति

ओलीले भने, ‘सूर्य चिन्ह सदासर्वदा मेरो हो’, प्रचण्डले गुहारे विदेशी शक्ति

  • मंगलवार, माघ २७ २०७७

  • 1.3K
    SHARES

  • ओलीले भने, ‘सूर्य चिन्ह सदासर्वदा मेरो हो’, प्रचण्डले गुहारे विदेशी शक्ति

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निवार्चन आयोगमै पुगेर नेकपा पार्टी र सूर्य चुनाव चिन्हको दाबी प्रस्तुत गर्नुभएको छ।

    यो सँगै नेकपाको विभाजन अब औपचारिकतातर्फ प्रवेश भएको छ । आज दलबलसहित आयोगको कार्यालय पुग्नुभएका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको पार्टी नै आधिकारिक रहेको दाबी गर्नुभएको हो ।

    ओलीसँगै आयोगको कार्यालयमा पुग्नुभएका नेता सुवास नेम्वाङले प्रशंगबस प्रधानमन्त्रीले पार्टीको आधिकारिकताबारे कुरा राख्नुभएको बताउनुभयो । आज निर्वाचनको तयारीका सन्दर्भमा छलफल भए पनि प्रशंगबस पार्टीको आधिकारिकताको कुरा उठेको उहाँले दाबी छ ।

    सो क्रममा प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सधैँ सूर्य चिन्हबाट चुनाव लडेको तर प्रचण्डले अहिलेसम्म सूर्य चिन्हबाट चुनाव नलडेकोले सदासर्वदा सूर्य चिन्ह त आफ्नो नै हो भनेर कुरा राख्नुभएको नेता नेम्वाङले बताउनुभयो ।

    प्रमुख निर्वाचन आयुक्तसँगको छलफलका क्रममा ओलीले पार्टी एकता गर्दा पनि सूर्य चिन्ह राख्ने समझदारी प्रचण्डले भत्काएको बताउनुभयो । अब आफूले चुनावमा जाँदा पार्टी नभएको, निर्वाचन चिन्ह नभएको भन्ने अवस्था त कसरी आउन मिल्छ र भन्दै ओलीले आयोगका पदाधिकारीसँग प्रश्न समेत गरेको श्रोतको दाबी छ ।

    यता आयोगले माघ ११ मा नेकपाबारे निर्णय लिइसकेकाले अब त्यो निर्णय नउल्टिने दाबी सरकारले गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले आयोगले पुस ५ यताको दुवै समूहले गरेको दाबी अमान्य हुने निर्णय गरेको गरिसकेकाले ओली नेतृत्वको पार्टी नै आधिकारिक हुने बताउनुभयो । अब आयोगले आफ्नो निर्णय उल्टाउने कुरै नहुने उहाँको भनाई छ ।

    यता प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताएका छन् ।

    यसबारे अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुने बताउनुभयो ।

    संसद विघटनविरुद्ध प्रचण्ड मावध समूहले भोलि काठमाडौँमा बृहत जनसभाको आयोजना गर्दैछ । त्यसको अघिल्लो दिन आज युवाहरुले मार्च पास गरेका छन् । भोलिको प्रदर्शन ओलीलाई घुँडा टेकाउन निर्णायक हुन सक्ने यो समूहका नेताहरुको दाबी छ ।


    मंगलवार, माघ २७ २०७७०७:५८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij