Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
भागरथी भट्टको हत्या प्रकरण:

अपराधी कुनै पनि हालतमा उम्किदैँन : डिआइजी सुवेदी

अपराधी कुनै पनि हालतमा उम्किदैँन : डिआइजी सुवेदी

  • सोमवार, माघ २६ २०७७

  • 1.2K
    SHARES

  • अपराधी कुनै पनि हालतमा उम्किदैँन :  डिआइजी सुवेदी

    काठमाडौं । भागरथी भट्टको हत्या घटनाको अनुसन्धान प्रकृया द्रुत गतिमा भइरहेकाले अपराधी कुनै पनि हालतमा नउम्किने सुदूरपश्चिम प्रहरीले जानकारी दिएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम सुवेदीले भन्नुभयो, “पोस्टमाटर्म रिपोर्ट म समक्ष आइसकेको छैन्, दिउँसो सम्ममा आईपुग्छ, कहिलेसम्म अपराधी पत्ता लाग्छ भन्ने कुरा यकिन गर्न सकिदैँन तर हामी छिट्टै पत्ता लगाउछौँ, सबै तथ्यहरु हामी समक्ष आएपछि मात्रै हामी तथ्यगत कुरा सार्वजनिक गर्छौ ।”

    डिआईजी सुवेदीले निर्मला पन्तको जस्तै उक्त घटना सेलाउन नदिने दावी समेत गर्नुभएको छ । उहाँले घटनाको अनुसन्धानका लागि सम्पूर्ण संयन्त्र परचालन गरिएको पनि जानकारी दिनुभएको छ ।

    अपराधी कुनै पनि हालतमा नउम्किने बताउँदैै डिआईजी सुवेदीले प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण संकल्पका साथ निर्वाह गर्ने पन दावी गर्नुभएको छ ।

    बुधबार विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा उनको शव भेटिएको थियो । प्रहरीले सबै प्रकृया अपनाएर अपराधी पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।


    सोमवार, माघ २६ २०७७०७:२७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij