Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
भागरथी भट्टको हत्या प्रकरण:

बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान

बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान

भागरथीले प्रयोग गर्ने मोबाइल, फेसबुकलगायतको विश्लेषण हुँदै
  • सोमवार, माघ २६ २०७७

  • 894
    SHARES

  • बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ ।

    जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ । स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनांगमा पनि घाउ रहेको पाइएको छ ।

    ‘हिजोसम्म हामी हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधामा थियौं । अब बलात्कारपछि हत्या भन्नेमा पुग्यौं,’ उनले भने । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गर्नुभएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । भागरथीमाथि बलात्कार भए नभएको त्यो रिपोर्टपछि पुष्टि हुन्छ । तर हामी बलात्कारपछि हत्या भएको आशंकासहित अनुसन्धान गरिरहेका छौं ।’

    उनले यो जानकारी दिँदा पोस्टमार्टम रिपोर्ट आइसकेको थिएन । गत बिहीबार मृत फेला परेकी भागरथीको बलात्कारपछि हत्या भएको हुन सक्ने परिवारले आशंका गरेपछि शुक्रबारदेखि नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    यस्तै नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो सीआईबीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ गरिसकिएको प्रहरी निरीक्षक धामीले बताएउनुभयो। भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुकलगायतको विश्लेषणसमेत प्रहरीले गरिरहेको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।


    सोमवार, माघ २६ २०७७०६:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij