Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

'गृहमन्त्री बादलकै कारण दोहोरिँदै छन् निर्मला प्रकरणहरु'

'गृहमन्त्री बादलकै कारण दोहोरिँदै छन् निर्मला प्रकरणहरु'

  • आइतवार, माघ २५ २०७७

  • 1.5K
    SHARES

  • 'गृहमन्त्री बादलकै कारण दोहोरिँदै छन् निर्मला प्रकरणहरु'

    काठमाडौँ – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको घटनाले गृहमन्त्री रामबहादुर थापा बादलको एक पूरानो विवादित अभिव्यक्ति फेरि चर्चामा आएको छ ।

    उक्त अभिव्यक्तिकै कारण बलात्कारपछि हत्याका घटनाले प्रशय पाएको गम्भीर आरोप पनि गृहमन्त्री बादललाई लाग्न थालेको छ ।

    निर्मला हत्या प्रकरणको एक वर्षपछि २०७६ साल साउन ७ गते आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यस्ता घटनाहरुलाई पूर्ण रुपमा रोक लगाउन नसकिने बताउनुभएको थियो ।

    निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ र यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौँ भन्दै बादलले गैरजिम्मेबार अभिव्यक्ति दिनुभएको थियो ।

    बादलको यो अभिव्यक्तिको त्यतिबेला पनि नागरिक तहबाट विरोध भएको थियो । अहिले बैतडीमा निर्मला प्रकरणलाई सम्झाउने अर्काे विभत्स हत्या भएपछि यस्ता सबै घटनाको जिम्मेबार गृहमन्त्री बादल नै रहेको भन्दै आलोचना भइरहेको छ ।

    पूर्वडिआइजी रमेश खरेलले अपराध रोक्छु भन्नुपर्ने गृहमन्त्रीले यस्ता घटना भोलि पनि भइरहन्छन् हामी रोक्न सक्दैनौँ भनेर अभिव्यक्ति दिँदा त्यतिबेला उहाँ गृहमन्त्री नै हो त भन्ने प्रश्न आफ्नो मनमा पैदा भएको स्मरण गर्नुभयो ।

    कांग्रेस नेतृ पुष्पा भुषाललाई पनि निर्मला प्रकरणहरु दोहोरिरहन्छन् हामी नियन्त्रण गर्न सक्दैनौँ भन्ने गृहमन्त्रीको अभिव्यक्ति सुन्दा अनौठो लागेको थियो । शान्ति सुरक्षा कायम गराउने मुख्य दायित्व बोकेको संयन्त्रका नाइके गृहमन्त्री बादलले नै अपराधलाई दुरुत्साहित गर्नुको साटो झनझन प्रोत्साहित गरेको उहाँले बताउनुभयो । गृहमन्त्रीको उक्त अभिव्यक्तिकै उपज भागरथी हत्या प्रकरण र यस्ता अन्य थुप्रै घटनाहरु रहेको उहाँले आरोप लगाउनुभयो ।

    विद्यालबाट घर फर्किरहेका बेला किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा राजधानी काठमाडौँसहितका स्थानमा प्रदर्शन भइरहेको छ ।

    राजनीतिक फाइदाका लागि आन्दोलनमा ट्याक्सी जलाइएको घटनाको क्षतिपूर्ति आफूले तिर्ने घोषणा गरेको सरकारले भागरथी प्रकरणमा हालसम्म दुःख समेत व्यक्त गरेको छैन ।

    गृहमन्त्रीले अपराध हुन्छन् र भइरहन्छन् भनेर अपराधीको मनोबल बढाउने होइन । अपराध हुनै दिन्न भनेर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ ।


    आइतवार, माघ २५ २०७७०७:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij