पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा नेपालकै सबैभन्दा बढी पानी पर्ने सहर पनि हो ।

यद्यपि, यो वर्षको हिउँदमा पोखरामा सदाझैँ पानी परेको छैन । जसले गर्दा फेवातालमा पानीको सतह पनि कम भएको देखिन्छ ।

पोखरामा यो वर्ष कमै मात्र वर्षा भएको छ । तर, शनिबार भने देशका अधिकांश भागमा जस्तै पोखरामा पानी सामान्य पानी पर्यो । यद्यपि, आज यहाँको मौसम खुलेको र सफा पनि देखिन्छ ।

तस्बिरहरु : सामाजिक सञ्जाल !