Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

राजनीतिक संरक्षणले देशमा बलात्कारलगायतका अपराध बढे : नेता शर्मा

राजनीतिक संरक्षणले देशमा बलात्कारलगायतका अपराध बढे : नेता शर्मा

“अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ भन्ने मेरोे धारणा हो ।”
  • आइतवार, माघ २५ २०७७

  • 786
    SHARES

  • राजनीतिक संरक्षणले देशमा बलात्कारलगायतका अपराध बढे : नेता शर्मा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहका नेता दीनानाथ शर्माले राजनीतिक संरक्षणले पनि देशमा अपराध बढेको बताउनुभएको छ ।

    अपराधीलाई राजनीतिक संरक्षण दिनु, कानुन उल्लंघन, सामाजिक अनुशासन नमान्नु, नैतिकता हराउनु लगायतका कारण सामाजिक अपराधसँगै बलात्कारका घटना बढेको तर्क उहाँले राख्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भन्नुभयो, “कानुनले मात्रै अपराध रोक्न नसक्ने रहेछ, सामाजिक उत्तरदायित्व बहन नगर्नु, नैतिकता हराउनु र अपराधीले राजनीतिक संरक्षण पाउनु पनि यस्ता घटनाका मुख्य कारक हुन जस्तो मलाई लाग्छ, त्यसैले अब सशक्त कदम उठाउनु आवश्यक छ । ”

    अपराधीहरुलाई कडाभन्दा कडा सजाय दिनुपर्छ भन्ने मेरोे व्यक्तिगत धारणा हो, उहाँले भन्नुभयो । सामाजिक सञ्जालको दुरुपयोगले पनि देशको नयाँ पुस्तालाई गलत बाटोतिर मोडिरहेको नेता शर्माले बताउनुभएको छ ।

    उहाँले देशमा निरन्तर बलात्कारका घटना बढ्नु निकै दुखद भएको उल्लेख गर्नुभएको छ ।

    फरक प्रसंगमा नेता शर्माले संबैधानिक आयोगहरुमा भएको नियुक्ति असंबैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनु सभामुख अग्निप्रसाद सापकोटाको बाध्यता भएको बताउनुभएको छ ।

    संविधान, ऐन, कानुन नमान्दा देश नै ठूलो संकटमा जाने खतरा बढेको पनि उहाँले बताउनुभएको छ ।

    ७० वर्ष लामो संघर्षपछि जनताले चुनेका व्यक्तिले देशलाई संकटमा पार्ने कदम चाल्दा मुलुक मुडभेडको स्थितिमा गइसकेको नेता शर्माले बताउनुभएको छ ।


    आइतवार, माघ २५ २०७७०६:२७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij