Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हाम्रो सक्रियता र सतर्कताका कारण कोरोना पालिकामा प्रवेश नै गरेन– अध्यक्ष तामाङ

हाम्रो सक्रियता र सतर्कताका कारण कोरोना पालिकामा प्रवेश नै गरेन– अध्यक्ष तामाङ

  • शनिवार, माघ २४ २०७७

  • 1.0K
    SHARES

  • हाम्रो सक्रियता र सतर्कताका कारण कोरोना पालिकामा प्रवेश नै गरेन– अध्यक्ष तामाङ

    काठमाडौं : रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले आफूहरुको सक्रियता र सतर्कताका कारण कोरोना भाइरस पालिकामा प्रवेश नै नगरेको बताउनुभएको छ । खाँडादेवीमा स्थायी घर भई बाहिर रहेका केही व्यक्तिमा संक्रमण देखिएपनि पालिकाभित्रै भने कोरोना प्रवेश गर्न नपाएको उहाँले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष तामाङले आफूहरु निर्वाचित भएर जिम्मेवारी सम्हालेदेखि स्थानीय स्तरमा रहेका क्षेत्रमा परिर्वतन भएको दावी पनि गर्नुभयो । सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा पहिलाको भन्दा अहिले अतुलनीय परिवर्तन भएको उहाँले बताउनुभयो ।

    साथै उहाँले स्थानीय तहमा अनियमितता बढ्यो भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो । ‘केही पालिकामा त्यस्तो भयो पनि होला । कुनैमा त्यस्तो छैन त मैले भन्दिन । तर एउटाको कारण सबै स्थानीय तहलाई दोषी बनाइएको छ’ अध्यक्ष तामाङले भन्नुभयो ।

    अध्यक्ष तामाङसँग गरिएको कुराकानी सुन्नुहोस्


    शनिवार, माघ २४ २०७७०१:४४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij