Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कति बजे सकिँदैछ प्रचण्ड–माधव समूहको आमहड्ताल ?

कति बजे सकिँदैछ प्रचण्ड–माधव समूहको आमहड्ताल ?

  • बिहिवार, माघ २२ २०७७

  • 972
    SHARES

  • कति बजे सकिँदैछ प्रचण्ड–माधव समूहको आमहड्ताल ?

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले घोषणा गरेको आमहड्ताल साँझ ५ बजेपछि फिर्ता हुने भएको छ । संसदीय सुनुवाइबिना नै विभिन्न संवैधानिक आयोगमहरुमा ३२ जना पदाधिकारी बुधबार नियुक्त गरेपछि थप ओक्रोशित भएको प्रचण्ड–माधव पक्षले आज एक दिने आमहड्ताल घोषणा गरेको हो ।

    साँझ ५ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने नेता विष्णु रिजालले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।

    जारी आमहड्तालका क्रममा अहिलेसम्म विभिन्न ठाउँमा सवारीसाधन तोडफोड भएका छन् भने नेता कार्यकर्ताहरु पक्राउ परिहेका छन् । काठमाडौं उपत्यकाबाट मात्रै १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

    नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा, विजय पौडेललगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।


    बिहिवार, माघ २२ २०७७०३:४८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij