Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

खानेपानीमन्त्रीले जेलमै गएर विप्लव समूहका नेतालाई भेट्नुको कारण यस्तो छ !

खानेपानीमन्त्रीले जेलमै गएर विप्लव समूहका नेतालाई भेट्नुको कारण यस्तो छ !

  • मंगलवार, माघ २० २०७७

  • 702
    SHARES

  • खानेपानीमन्त्रीले जेलमै गएर विप्लव समूहका नेतालाई भेट्नुको कारण यस्तो छ !

    काठमाडौं । खानेपानीमन्त्री मणि थापाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई जेलमै गएर भेटेका छन् । उनले आज बिहान ललितपुरस्थित नख्खु कारागारमा गएर ओलीलाई भेटेका हुन् ।

    कारागारमा खानेपानी आयोजनाको अनुगमन गर्न पुगेका मन्त्री थापाले कारागारमै रहेका नेता ओलीसँग २० मिनेटजति भेट कुराकानीसमेत गरेको बताइएको छ । ओली विप्लव नेतृत्वको पार्टीका सचिवालय सदस्यसमेत हुन् ।

    विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने चर्चा चलिरहेको बेला मन्त्री थापा र नेता ओलीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि विप्लव समूहलाई वर्तमान् प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारले प्रतिबन्ध लगाएको थियो ।

    अहिलेको नयाँ राजनीतिक घटनाक्रममा प्रधानमन्त्री ओली विप्लवप्रति अलि नरम भएको विश्लेषण गरिएको । ओलीलाई विप्लव र पुष्पकमल दाहाल प्रचण्डबीच सहकार्य ओला कि भन्ने डर रहेको बताइएको छ । राजनीति विश्लेषकहरुका अनुसार यसले गर्दा उनी विप्लवसँग वार्ता गरेर आफ्नो पक्षमा पार्न चाहन्छन् ।

    विप्लव समूहका नेता ओली भने नख्खु बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि अहिले जेलमा छन् । उनीमाथि कर्तव्य ज्यान मुद्दा पनि लगाइएको छ ।

     


    मंगलवार, माघ २० २०७७१२:५६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij