Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गणतान्त्रिक मन्त्रीले नै ‘श्री ५ को सरकार’ भनेपछि...

गणतान्त्रिक मन्त्रीले नै ‘श्री ५ को सरकार’ भनेपछि...

  • आइतवार, माघ १८ २०७७

  • 1.3K
    SHARES

  • गणतान्त्रिक मन्त्रीले नै ‘श्री ५ को सरकार’ भनेपछि...

    काठमाडौँ । देशमा गणतन्त्र स्थापना भएको पनि दशक नाघिसकेको छ । श्री ५ को सरकार नेपाल सरकारमा परिणत भएको त त्योभन्दा पनि अघि अर्थात ०६३ मा संसद् पुनःस्थापना भएर राजाका अधिकार कटौती गरेपछि हो ।

    तर, गणतन्त्र आएको यति लामो समय बितिसक्दा पनि देशमा राजतन्त्रको भूतले धेरैलाई छोडेको छैन । कतिपय त राजतन्त्र स्थापना गर्न लागिपरिरहेका छन् ।

    यो त भयो ‘प्रतिगामी’ भनिनेहरुको कुरा । तर, आफूलाई गणतन्त्रवादी भन्ने र अझ जनगणतन्त्र स्थापना गर्न १० वर्ष जनयुद्ध नै गरेकाहरुमा पनि राजतन्त्रको भूत बाँकी रहनु आश्चर्यको विषय हो ।

    यसैबीच, खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले शनिबार एउटा कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान् सरकारलाई श्री ५ को सरकार भनेका छन् । सुर्खेतमा आयोजित उक्त कार्यक्रममा उनले यसो भनेका थिए ।

    ‘सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु’, उनले भनेका थिए ।

    श्री ५ को सरकार भनता पनि मन्त्री थापाले त्यसलाई तत्कालै सच्याएका थिए । यसका बीच पनि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

    mani thapa.jpg

    यसरी गणतन्त्र स्थापना गर्न भनेर जनयुद्धमै होमिएका एउटा योद्धाले नै श्री ५ को सरकार भनेपछि उनको आलोचना भयो ।

    विशेषगरी, सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आज बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् ।

    ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ’, उनले फेसबुकमा लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

    Capture.PNG






    आइतवार, माघ १८ २०७७११:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij