Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तीन दिनमै फेरियो प्रधानमन्त्रीको बोली

तीन दिनमै फेरियो प्रधानमन्त्रीको बोली

  • शनिवार, माघ १७ २०७७

  • 1.3K
    SHARES

  • तीन दिनमै फेरियो प्रधानमन्त्रीको बोली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड –१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् ।

    यसअघि कोरोना खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपाललिाई निशुल्क खोप उपलब्ध गराउने बताएका थिए। तर शनिबार चितवनमा आयोजित सभामा प्रधानमन्त्रीले बाचा फेरेका हुन्।

    उनले भने, 'अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिनेछौँ । बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड–१९ लाई नेपालबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौँ।’

    भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएको थियो ।


    शनिवार, माघ १७ २०७७०५:२१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij