Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री बन्ने गरी आउन प्रचण्डलाई बादलको प्रस्ताव

प्रधानमन्त्री बन्ने गरी आउन प्रचण्डलाई बादलको प्रस्ताव

  • शनिवार, माघ १७ २०७७

  • 2.0K
    SHARES

  • प्रधानमन्त्री बन्ने गरी आउन प्रचण्डलाई बादलको प्रस्ताव

    चितवन – गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलले विभाजित पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी नेताको संज्ञा दिँदै पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन्।

    प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवनको भरतपुरमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले गल्ती स्वीकार गरेर पार्टीमा फर्किए अझै पनि ताजा जनादेशपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताए।

    बादलले प्रचण्डको नाम नलिई भने, ‘म यो जिल्लाका अवसरवादीलाई आह्वान गर्न चाहान्छु आउनुस् प्रधानमन्त्री हुने अवसर यहि निर्वाचनले दिन्छ । आउनुस् यो विशाल जनताले तपाईँलाई त्यो मौका दिनसक्छ । यो सभाले हाम्रो जित घोषित गरिसक्यो, तपाईँ पनि पार्टीमा फर्किनुस् । तपाईँहरुलाई मतपत्र च्यात्न आवश्यक छैन । जनताले गल्तीमा माफ दिनेछन्।’

    प्रचण्डप्रति आक्रामक रुपमा प्रस्तुत भएका बादलले सर्बोच्च अदालतले विघटन सदर गरेर प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने प्रचण्डको चेतावनीलाई प्रगितामी हुँकारको संज्ञा दिए।

    प्रतिगामी षड्यन्त्र असफल पार्न संसद विघटन गरिएको बताए।

     


    शनिवार, माघ १७ २०७७०४:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij