काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहका कानुनी सल्लाहकार अधिवक्ता बाबुराम दाहालले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता नदिए अदालत जाने संकेत गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा अधिवक्ता दाहालले भन्नुभयो, “निर्वाचन आयोगले ओली समूहलाई आधिकारिकता प्रदान गर्नुपर्छ, त्यहि समूह आधिकारिक हो, यदि दिएन भने आयोग मात्र अन्तिम निकाय होइन माथि अदालत पनि छ ।”
उहाँले हिजो निर्वाचन आयोगमा ओली समूह र आयोगका पदाधिकारीबीच अनौपचारिक छलफल भएको पनि जानकारी दिनुभएको छ । निर्वाचनमा जानु असंवैधानिक नभएको भन्दै अधिवक्ता दाहालले जनताको मत नै सर्वोपरी हुने उल्लेख गर्नुभएको छ ।