Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेपाली काँग्रेस

काँग्रेस फेरी आन्दोलनमा जाला की नजाला ?

काँग्रेस फेरी आन्दोलनमा जाला की नजाला ?

काँग्रेस केन्द्रीय समिति बैठक
  • मंगलवार, माघ १३ २०७७

  • 1.1K
    SHARES

  • काँग्रेस फेरी आन्दोलनमा जाला की नजाला ?

    काठमाडौं । विघटित प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ । मुलुकमा उत्पन्न अन्यौलताका बेला भावी रणनीति तय गर्न काँग्रेस बैठक बस्न लागेको हो ।

    प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको काँग्रेसले यसअघि धेरै आन्दोलनका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । आन्दोलनका कार्यक्रमहरुको समिक्षा गर्दै भावी दिनमा आन्दोलनमा जाने की नजाने र गएमा कस्ता कस्ता कार्यक्रम लिएर जाने भन्ने बारेमा छलफल हुने भएको हो ।

    काँग्रेसमा अधिकांश नेता कार्यकर्ता प्रधानमन्त्री ओलीका विरुद्धमा आन्दोलित हुनु पर्ने पक्षमा रहेका छन् भने सभापति शेरबहदुर देउवासहितका उहाँ पक्षीय केही नेताहरु भने ओली सरकार र ओलीको कदमप्रति नरम देखिदै आउनु भएको छ ।

    देउवा पक्षीय नेताहरुले प्रतिनिधि सभासम्वन्धी विषयमा अदालतको फैसलालाई कुरेर अहिले काँग्रेस मौन बस्ने रणनीति अपनाउनु पर्ने पक्षमा रहनु भएको छ ।

    तर अन्य नेता तथा कार्यकर्ताहरु भने अदालतले गर्ने निर्णयलाई मान्ने, तर अहिले आन्दोलनका कार्यक्रमहरुलाई निरन्तररता दिदै जानु पर्नेमा जोड दिने गरेका छन् ।

    बैठकले कुन बाटो लिने भन्ने बारेमा निर्णय गर्ने र पार्टीको महाधिवेशनका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।


    मंगलवार, माघ १३ २०७७०९:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij