Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद

ओली समूहले वाग्मती प्रदेशमा २३ गते आमसभा गर्ने

ओली समूहले वाग्मती प्रदेशमा २३ गते आमसभा गर्ने

ओलीसहित वरिष्ठ नेताले सम्बोधन गर्ने
  • आइतवार, माघ ११ २०७७

  • 1.6K
    SHARES

  • ओली समूहले वाग्मती प्रदेशमा २३ गते आमसभा गर्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्।

    नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।

    प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो।

    वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओली समूहले जनाएको छ। ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ।

    यो एक प्रकारको नेपाल–दाहालको आमसभालाई काउन्टर दिने उद्देश्यले आयोजना गर्न लागिएको हो। तर सो समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउन्टर आमसभा नभएको बताउनुभएको छ।

    ‘हाम्रो राजनीतिक उद्देश्य र मूल्यमान्यता जनतालाई जानकारी गराउने हेतुले कार्यक्रम गर्न लागिएको हो। काउन्टर आमसभा होइन’, आमसभा आयोजकसमेत रहेका पोखरेलले भन्नुभयो। उहाँका अनुसार यस्ता सभाले राजनीतिक उद्देश्य बोकेका कारण यसलाई काउन्टर भन्ने शब्द प्रयोग गर्नु हुँदैन। ‘उहाँहरूसँग हामीले प्रतिस्पर्धा नै गर्नु छैन। उहाँहरू निर्वाचनबाट भाग्दै हुनुहुन्छ भने कसरी काउन्टर हुन्छ, यो त स्वाभाविक आमसभा हो’, पोखरेलले भन्नुभयो।

    आयोजकका अनुसार पार्टीका सबै तहका नेताकार्यकर्ता, जनवर्गीय संगठन, शुभेच्छुक र सर्वसाधारण आमसभाका सहभागी हुनेछन्। आमसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन्। ओलीले नेपाल–दाहाल समूहले आयोजना गरेको आमसभालाई ‘केही साना गल्लीमा मान्छे राखेर भीड देखाएको’ टिप्पणी गर्नुभएको थियो।

    यो समाचार आजको नागरिक दैनिकमा छ।


    आइतवार, माघ ११ २०७७०७:००:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij