Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डा. केसीको नेतृत्वमा माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन हुने

डा. केसीको नेतृत्वमा माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन हुने

  • शनिवार, माघ १० २०७७

  • 877
    SHARES

  • डा. केसीको नेतृत्वमा माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन हुने

    काठमाडौं । डा. गोविन्द केसीको नेतृत्वमा आज १२ बजे माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ ।

    प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न प्रदर्शन गर्न लागिएको बताइएको छ । चिकित्सा क्षेत्रको सुधार निम्ति धेरै चोटी सत्याग्रहमा बस्नुभएका डा. केसी पछिल्लो समय राजनीतिक उद्देश्यका अभियानमा पनि सहभागी हुन थाल्नुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि अहिले देशमा दिनहुँ विरोध प्रदर्शन भइरहेका छन् ।


    शनिवार, माघ १० २०७७१०:०८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij