Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपति अरिफको बधाइ

माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपति अरिफको बधाइ

  • शुक्रवार, माघ ९ २०७७

  • 914
    SHARES

  • माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपति अरिफको बधाइ

    काठमाडौं । विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिनुभएको छ ।

    आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले आरोहीको साहसको प्रशंसा गर्दै नेपाल र पाकिस्तानको बिचमा लामो समयदेखि गहन सम्बन्ध रहेको चर्चा गनुभयो । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारले आरोहण टोलीलाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

    नेपालका १० जना पर्वतारोहीले गत शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । संसारको दोस्रो सर्वोच्च शिखर केटुमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन ।


    शुक्रवार, माघ ९ २०७७०७:४२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij