Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतले उपलब्ध गराउने कोरोना विरुद्धको १० लाख डोज खोप भोलि काठमाडौं आइपुग्ने

भारतले उपलब्ध गराउने कोरोना विरुद्धको १० लाख डोज खोप भोलि काठमाडौं आइपुग्ने

  • बुधवार, माघ ७ २०७७

  • 1.0K
    SHARES

  • भारतले उपलब्ध गराउने कोरोना विरुद्धको १० लाख डोज खोप भोलि काठमाडौं आइपुग्ने

    काठमाडौं । नेपाललाई भारतले उपलब्ध गराउने १० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन भोलि काठमाडौं आइपुग्न भएको छ । भारतले पहिलो चरणमा १० लाख डोज खोप अनुदान स्वरूप उपलब्ध गराउने र उक्त खोप भोलि नै काठमाडौं ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको हो ।

    नेपाललाई डेढ करोड डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भारत तयार रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिनुभको हो ।

    पहिलो चरणमा ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भ्याक्सिन दिइने स्वास्थ्य मन्त्री त्रिपाठीले बताउनुभयो । नेपालका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    भ्याक्सिन प्रभावकारी ढंगले लगाउन कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भइसकेको उहाँको भनाइ छ । भारतले विकास गरेको कोभिसल्ड भ्याक्सिनको आपत्कालीन प्रयोगलाई नेपालको औषधि व्यवस्था विभागले स्वीकृति समेत दिइसकेको छ ।


    बुधवार, माघ ७ २०७७०६:४२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij