Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : आज वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज वर्षाको सम्भावना

  • शनिवार, माघ ३ २०७७

  • 1.6K
    SHARES

  • मौसम पूर्वानुमान  : आज वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

    महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

    यसैगरी, आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ पूर्वानुमानमा उल्लेख छ ।

    यस्तै, बाँकी प्रदेशमा सामान्यतया सफा रहने र प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ।

    भने, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

     


    शनिवार, माघ ३ २०७७०७:२८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij