Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले नै गरेनन् सम्पत्ति विवरण अद्यावधिक

प्रधानमन्त्रीले नै गरेनन् सम्पत्ति विवरण अद्यावधिक

  • बिहिवार, माघ १ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीले नै गरेनन् सम्पत्ति विवरण अद्यावधिक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको मन्त्रीमण्डलका मन्त्रीहरुले कानुनअनुसार सम्पत्ति सार्वजनिक तथा अद्यावधिक नगरेको पाइएको छ ।

    प्रधानमन्त्री नियुक्त भएपछि ओलीले २०७४ चैत्र २९ गते सम्पत्ति सार्वजनिक गर्नुभएको थियो । त्यसपछि भने कानुनअनुरुप उहाँले सम्पत्ति अद्यावधिक गर्नुभएको छैन ।

    प्रधानमन्त्री ओलीले मात्र नभएर उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अन्य मन्त्रीहरुले र २०७६ मंसिरमा नियुक्त ६ मन्त्री तथा ३ राज्यमन्त्रीले पनि अहिलेसम्म सम्पत्ति सार्वजनिक गरेका छैनन् । ती मध्ये कतिपयले राजिनामा समेत दिइसकेका छन ।

    उपप्रधानमन्त्री पोखरेलले २०७५ बैशाख ५ गते रक्षामन्त्रीको रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो । त्यसयता उहाँले पनि प्रधानमन्त्री कै जस्तो सम्पत्ति विवरण अद्यावधिक गर्नुभएको छैन् ।

    गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पनि सम्पत्ति अद्यावधिक नगरेको पाइएको छ ।

    भ्रष्टाचार निवारण ऐनमा सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीले नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण तोकिएको निकायमा पेश गर्नुपर्ने र हरेक वर्ष अद्यावधिक गर्दै जानुपर्ने व्यवस्था छ ।


    बिहिवार, माघ १ २०७७०७:२७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij