Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सगरमाथामाथि भारतीय पत्रकारको प्रोपोगान्डा, कालापत्थर पुगेर भने, ‘अब यसको नाम राधानाथ सिकदर राख्नुपर्छ’ (भिडियोसहित)

सगरमाथामाथि भारतीय पत्रकारको प्रोपोगान्डा, कालापत्थर पुगेर भने, ‘अब यसको नाम राधानाथ सिकदर राख्नुपर्छ’ (भिडियोसहित)

  • बुधवार, पौष २९ २०७७

  • 1.8K
    SHARES

  • सगरमाथामाथि भारतीय पत्रकारको प्रोपोगान्डा, कालापत्थर पुगेर भने, ‘अब यसको नाम राधानाथ सिकदर राख्नुपर्छ’ (भिडियोसहित)

    काठमाडौं । भारतीय टेलिभिजन च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम फेर्नुपर्ने बताएका छन् । सगरमाथा क्षेत्रको कालापत्थरमा गएर उनले यस्तो बताएका हुन् ।

    भारतका प्रशिद्ध गणितज्ञ राधानाथ सिकदरले उचाइ नापेकाले अब उनकै नामबाट सगरमाथाको नाम राख्नुपर्ने उनको तर्क छ । यति मात्र होइन पत्रकार चौधरीले सगरमाथामाथि भारतले दाबीसमेत गर्नुपर्ने बताएका छन् ।

    ‘सन् १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । त्यसैले म भन्न चाहन्छु कि, माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।

    सो वेला भारतमा अंग्रेजको शासन रहेकाले सोही हिसाबले उनीहरुले अंग्रेजीकै नाम माउन्ट एभरेस्ट राखेको चौधरकिो भनाइ छ ।

    ‘भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए’, उनले जी न्युजको डिएनएका लागि बनाएको कार्यक्रममा भनेका छन्, ‘हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ ।’

    ErcQHm1VcAARC1B.jpg

    अहिले सगरमाथामा भारतको दाबी गरिहेका यीनै चौधरीले गत सोमबार मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका थिए । प्रधानमन्त्रीको अन्तर्वार्ता लिएको भोलिपल्टै काठमाडौंबाट हेलिकोप्टरमा कालापत्थर गएर उनले यस्तो दाबी गरेका हुन् ।

    चौधरी र जी न्युजले सगरमाथाको दाबी गरेपछि जनस्तरबाट यसको विरोध सुरु भएको छ । यसलाई ‘प्रापोगान्डा’को संज्ञा दिइएको छ ।

    'सगरमाथासम्बन्धि एक भारतीय पत्रकारको टिप्पणी हावादारी, उडन्ते र अनुपयुक्त छ’, फेसबुकमा राप्रपा अध्यक्ष कमल थापा लेख्छन् ।

    भारतीय पत्रकारको प्रोपोगान्डा हेर्नुहोस् यो भिडियोमा :



    बुधवार, पौष २९ २०७७१२:२३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij