Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली समूहमा गएर मन्त्री बनेका ती मानिसहरुलाई सोध्नुस्, जनयुद्ध कुहिएको फर्सी नै हो त?

ओली समूहमा गएर मन्त्री बनेका ती मानिसहरुलाई सोध्नुस्, जनयुद्ध कुहिएको फर्सी नै हो त?

प्रचण्डको अपिल
  • मंगलवार, पौष २८ २०७७

  • 1.8K
    SHARES

  • ओली समूहमा गएर मन्त्री बनेका ती मानिसहरुलाई सोध्नुस्, जनयुद्ध कुहिएको फर्सी नै हो त?

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई कुहिएको फर्सी भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

    साथै महान जनयुद्धलाई कुहिएको फर्सी भन्दा पनि सहेर बस्ने हाल ओली समूहतिर लागेका पूर्व माओवादी नेता देखेर आफूलाई झनै लाज लागेर आएको प्रचण्डले बताउनुभयो ।

    पोखरामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धलाई कुहिएको फर्सी भन्दा ओलीतिर लागेका नेताहरुले सुन्न कसरी सकेको हो भनेर आफू चकित परेको बताउनुभयो ।

    केही दिन अघि ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान जनयुद्ध’ फर्सी कुहिएझैँ कुहिएको बताउनुभएको थियो । ‘महान जनयुद्ध के भो ? फर्सी कुहिएझैँ कुहियो’ ओलीले यस्तो भन्दा उपस्थित कार्यकर्ताहरुले ताली बजाएर स्वागत गरेका थिए ।

    जनयुद्धलाई कुहिएको फर्सी भनेर अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक बेइमानी गरेको प्रचण्डको भनाई छ । उहाँले जनयुद्ध ठीक थियो भनेर राजनीतिक प्रतिवेदनमा केपी शर्मा ओली आफैले हस्ताक्षर गरेको बताउनुभयो ।

    जनयुद्ध कुहिएको फर्सी थियो भने त्यो ठीक हो भनेर ओलीले गरेको हस्ताक्षर किर्ते थियो त भनेर प्रचण्डले प्रश्न गर्नुभयो । यदि हस्ताक्षर किर्ते हो भने केपी ओलीले भन्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रचण्डले के महान जनयुद्ध कुहिएको फर्सी नै हो त भनेर प्रश्न गर्न हाल ओली समूहमा लागेका पूर्व माओवादी नेताहरुलाई प्रश्न गर्न कार्यकर्ताहरुलाई पनि अपिल गर्नुभयो ।

    जनयुद्धको जगमा राजनीतिक उचाई हासिल गरेका केही नेताहरु अहिले ओली समूहमा लागेका छन् । उनीहरुलाई ओलीले मन्त्रीसहित पार्टीका महत्वपूर्ण जिम्मेबारी सुम्पेका छन् । तर ओलीले जनयुद्धको अपमान गर्दा उनीहरु मौन छन् । बरु उनीहरु प्रचण्ड–नेपाल समूहको विरोधमा खरो उत्रेका छन् ।

    प्रचण्ड समूह परित्याग गरी ओली समूहमा लाग्नुभएका गृहमन्त्री रामबहादुर थापा बादलले विभाजनकारीहरुको साथ छाडेर आफू पार्टीको मुल नेतृत्वको रक्षामा लागेको बताउँदै आउनुभएको छ ।
    दुई फरक राजनीतिक धारबाट आए पनि नेकपा हिजो एक थियो । कानुनी रुपमा अहिले पनि विभाजन भइसकेको छैन । प्रभावशाली नेताहरुले फेरि पनि पार्टी एकजुट हुन सक्ने सम्भावनालाई नकारेका छैनन् भलै त्यसले केही समय लिन सक्ला ।

    तर अहिले एक अर्काविरुद्ध गालीगलौजको तहमा उत्रेर कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले उपद्रो मच्याइरहेका छन् । यस्तो कार्यले कम्युनिष्ट शब्दकै बदनाम गरिरहेको भन्दै कतिपयले चिन्ता र अधिकांशले आलोचना गरिरहेका छन् ।


    मंगलवार, पौष २८ २०७७०८:१३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij