Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आगामी तीन दिनको मौसम कस्तो होला ?

आगामी तीन दिनको मौसम कस्तो होला ?

  • बिहिवार, पौष २३ २०७७

  • 1.2K
    SHARES

  • आगामी तीन दिनको मौसम कस्तो होला ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

    आज बिहान देशको केहि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

    आगामी तीन दिनको मौसम पूर्वानुमानः

    बिहीबार

    दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

    शुक्रबार

    दिउँसोः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    रातिः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    शनिबार

    दिउँसोः प्रदेश १, प्रदेश नं २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिः प्रदेश १, प्रदेश नं २, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    बिहिवार, पौष २३ २०७७०६:५४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij