Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवीन्द्र मिश्र भन्छन् : ‘सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्छ’

रवीन्द्र मिश्र भन्छन् : ‘सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्छ’

  • बुधवार, पौष २२ २०७७

  • 1.6K
    SHARES

  • रवीन्द्र मिश्र भन्छन् : ‘सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्छ’

    काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले तत्काल प्रतिनिधिसभा बैठक बोलाउनु पर्ने बताएका छन्।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहद्वारा मंगलबार काठमाडौँमा आयोजित अन्तर्पार्टी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो धारणा व्यक्त गरेका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस गरेको संसद विघटन संविधानसम्मत् नभएकाले बैठक बोलाउनु पर्नेमा उनले जोड दिए।

    ‘यो संविधानमा कुल्चिएर गरिएको विघटन हो’, संयोजक मिश्रले भने, ‘प्रधानमन्त्रीले संविधान कुल्चिएको अवस्थामा सभामुखले म संविधानको पालना गर्छु भनेर प्रतिनिधिसभा बैठक बोलाएर अविश्वासको प्रस्तावमा छलफल गराउनु उपयुक्त हुन्छ।’


    बुधवार, पौष २२ २०७७०५:२९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij