काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघको पहिलो सातासम्म सार्वजानिक गर्ने भएको छ ।
बोर्डले गत मंसिर ९ देखि १६ गते सम्म संचालन गरेको परिक्षाको नतिजा माघमा सार्वजानिक गर्ने भएको जनाएको हो ।
हाल उत्तर पुस्तिका परीक्षण सकिएको, प्राप्ताङकको इन्ट्री गर्ने काम जारी भएको र कोरोना लागेर परीक्षा दिन छुटेका विद्यार्थी संख्या पनि थोरै भएकाले छिट्टै परीक्षाफल सार्वजानिक हुने बोर्डले जनाएको छ ।
उक्त परीक्षामा नेपाल भरबाट ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी भएका थिए । कोरोना महामारीका कारण बैशाख–जेष्ठमा हुनुपर्ने कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो ।
बोर्डले कोरोना संक्रमित भएर परीक्षा दिन छुटेका विद्यार्थीका लागि यही पुस १६ गतेदेखि आगामी २३ गतेसम्म परीक्षा संचालन गरिरहेको छ ।