काठमाडौं । काठमाडौंसहित मुलुकका विभिन्न पहाडी भू–भागमा बिहानीपख छिटफुट वर्षा भएको छ । मौसम विभागले दिएको जानकारीअनुसार पश्चिमी वायुको प्रभावका कारण देशैभर मौसममा बदली आएको हो ।
मौसमविद् समीर श्रेष्ठका अनुसार उच्च हिमाली भू–भागमा हिउँ परेको छ भने काठमाडौंसहित देशैभरका बाँकी भूभागमा मौसम बदली भइरहेको छ ।
काठमाडौंसहित अन्य केही पहाडी भूभागमा पनि आज छिटफुट वर्षा हुने अनुमान विभागको छ । बुधबारसम्मै मौसमको अवस्था यस्तै रहन सक्ने उनले जानकारी दिनुभयो ।