Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

फेसबुकलाई विज्ञापन नदिने कोकाकोलाले गरेको निर्णयमा अन्य १६० भन्दा बढी कम्पनीको साथ

फेसबुकलाई विज्ञापन नदिने कोकाकोलाले गरेको निर्णयमा अन्य १६० भन्दा बढी कम्पनीको साथ

  • बुधवार, आषाढ १७ २०७७

  • 1.1K
    SHARES

  • फेसबुकलाई विज्ञापन नदिने कोकाकोलाले गरेको निर्णयमा अन्य १६० भन्दा बढी कम्पनीको साथ

    एजेन्सी । पेयपदार्थ उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी कोकाकोलाले गरेको फेसबुकमा विज्ञापन नगर्ने निर्णयलाई विश्वरभरको अन्य १६० कम्पनीले समर्थन गरेका छन् । सोसल मिडियाबाट घृणा फैलाउने अभिव्यक्तिका विरूद्ध दबाब दिने उद्देश्यले सोसल मिडियामा विज्ञान रोक्ने निर्णय कोकाकोला कम्पनीले गरेको थियो।

    ‘नाफाका लागि घृणा रोकौं’ भन्ने अभियानमा विश्वभरका ठूला कम्पनीले साथ दिन थालेका छन्। विशेषगरी युरोपका ठूला बहुराष्ट्रिय कम्पनीहरूले फेसबुकमा गर्ने विज्ञापन रोक्ने बताएका छन्।

    अहिलेसम्म भेरिजन कम्युनिकेशन, युनिलिभर, कमसेन्स मिडियालगायत १६० भन्दा बढी कम्पनीले फेसबुकमा दिन विज्ञापन बन्द गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ। यी कम्पनीहरूले जुलाई महीनाभर सोसल मिडियामा विज्ञापन बन्द गर्ने निर्णय गरेका हुन्।

    बहुराष्ट्रिय कम्पनी युनिलिभरले वार्षिक फेसबुकमा मात्रै २५ करोड अमेरिकी डलर विज्ञापन गर्दै आएको छ। अहिले फेसबुकले वार्षिक ७० अर्ब अमेरिकी डलर बराबरको आम्दानी विज्ञापनबाटै उठाउने गरेको छ। फेसबुकको विज्ञापनको सबैभन्दा ठूलो स्रोत विश्वभरका ठूला बहुराष्ट्रिय कम्पनी हुन्।


    बुधवार, आषाढ १७ २०७७०२:४३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij