Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

किन भने महतोले नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको भातृ संगठन ?

किन भने महतोले नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको भातृ संगठन ?

  • शुक्रवार, पौष १७ २०७७

  • 962
    SHARES

  • किन भने महतोले नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको भातृ संगठन ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संस्थाको संज्ञा दिनुभएको छ ।

    नेकपामा विवाद हुँदा चिनियाँ राजदूत र चिनियाँ नेताहरुको दौडधुप हुनेगरेकोप्रति लक्षित गर्दै उहाँले आफ्नो भातृ संगठन मिलाउन उनीहरुले प्रयास गर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।

    आज बिहान नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीतर्फ लक्षित गर्दै भन्नुभयो, “यो नेकपा उसैको पार्टी हो, उसैले बनाइदिएकाले मिलाउन पनि उसैले खोज्नु पनि स्वभाविकै हो ।”

    नेकपा नेपाली पार्टी नभएर चिनियाँको स्वार्थ अनुसारको पार्टी भएको आरोप पनि उहाँले लगाउनुभयो ।

     


    शुक्रवार, पौष १७ २०७७११:३९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij