Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि अंग्रेजी नयाँ बर्ष २०२१ सुरु, यी हुन् २०२० मा घटेका मुख्य घटना

आजदेखि अंग्रेजी नयाँ बर्ष २०२१ सुरु, यी हुन् २०२० मा घटेका मुख्य घटना

  • शुक्रवार, पौष १७ २०७७

  • 1.5K
    SHARES

  • आजदेखि अंग्रेजी नयाँ बर्ष २०२१ सुरु, यी हुन् २०२० मा घटेका मुख्य घटना

    काठमाडौं । अंग्रेजी बर्ष सन् २०२० को विदाईसँगै आजदेखि नयाँ बर्ष सन् २०२१ सुरु भएको छ । गत बर्ष अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित पारेको कोरोनाभाइरसको महामारीका कारण गत बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ ।

    सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पा¥यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

    फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिँदैछ । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् । गत बर्ष जनवरी ३१ मा लामो विवाद र रस्साकस्सीका बीच युरोपेली संघबाट बेलायत बाहिरिएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उहाँको दृष्टिकोणलगायतका कारणले उहाँ चर्चाको केन्द्रमा नै रहनुभयो । निर्वाचनपछि पनि उहाँले नतिजा अस्वीकार गरेर थप चर्चा बटुल्नुभयो ।

    तालिवान विद्रोही र अमेरिकाबीच सम्झौता भएपछि अफगानिस्तानमा १८ बर्षभन्दा बढी समय चलेको युद्ध न्युनिकरण भएको छ । अमेरिकाले अफगानिस्तानमा खटाएका आफ्ना सेना फिर्ता लगेको छ भने शान्ति प्रक्रियाका काम भइरहेका छन् । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषय पनि यस बर्ष खुवै चर्चामा रह्यो ।

    यस बर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए ।

    लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो ।

    बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस बर्ष धेरैको ध्यान खिच्यो । दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उहाँको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए । उहाँको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भयो ।

    फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै बर्ष गुमाउनु प¥यो । खेल जगतमा कतिपयले भगवानसमेतको संज्ञा दिने गरेका म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भए ।

    अरु धेरै दीर्घकालिन महत्व राख्ने घटनाहरु पनि भएका छन् । धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवाद पनि चर्चामा रहेका थिए ।


    शुक्रवार, पौष १७ २०७७०९:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij