Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उखु किसानको प्रदर्शन आज पनि जारी

उखु किसानको प्रदर्शन आज पनि जारी

  • शनिवार, पौष ११ २०७७

  • 1.2K
    SHARES

  • उखु किसानको प्रदर्शन आज पनि जारी

    उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् ।

    विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् । चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिए सम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन्।

    चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर एक वर्ष सम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्षपनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन्। 

     


    शनिवार, पौष ११ २०७७०४:४४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij