Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ५ सय जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

नेपालमा थप ५ सय जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

  • शनिवार, पौष ११ २०७७

  • 946
    SHARES

  • नेपालमा थप ५ सय जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा अवधिमा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा २१३ जना महिला र २८७ जना पुरुष रहेका छन् । नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

    ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गराउँदा ५०० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै शनिबार ८४० जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४९ हजार १३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ७४९ रहेको छ ।

    त्यस्तै काठमाडौं उपत्यकामा २६७ जनालाई कोरोना संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार मात्र कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।


    शनिवार, पौष ११ २०७७०४:१९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij