Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज पनि माइतीघरमा उखु किसानहरुको प्रदर्शन

आज पनि माइतीघरमा उखु किसानहरुको प्रदर्शन

  • मंगलवार, पौष ७ २०७७

  • 1.1K
    SHARES

  • आज पनि माइतीघरमा उखु किसानहरुको प्रदर्शन

    काठमाडौं । उखु किसानहरुले आज पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन ।

    चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिनयता माइतीघर मण्डालमा निरन्तर प्रदर्शन गरिरहेका छन । किसानहरुले चिनी मिल सञ्चालकहरुबट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ ।

    गत वर्षको सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगी बिच सम्झौता गराए पनि उक्त सम्झौताअनुसार भुक्तानी नपाएपछि किसानहरु फेरि काठमाडौंको माइतीघर आएर आन्दोलन गर्न बाध्य भएका हुन।

    सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने बताए पनि अहिलेसम्म कुनै पनि उद्योगीलाई कारबाही गरेको छैन ।

    किसानहरुले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन। उखु किसानहरुले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्‍ने बताएका छन । 


    मंगलवार, पौष ७ २०७७०४:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij