Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

  • शुक्रवार, पौष ३ २०७७

  • 2.3K
    SHARES

  • कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

    काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्वन्धी अध्यादेश फिर्ता लिन र संसद अधिवेशन बोलाउन आनाकानी गरेको बारेमा काँग्रेसले आज छलफल गर्न लागेको हो । संसदीय दलको कार्यसमितिले संसद अधिवेशन बोलाउन र अध्यादेश फिर्ता गर्न दवाव दिनका लागि रणनीति तयार पार्ने जनाइएको छ ।

    कार्यसमिति गठन भएपछि दोस्रो पटक बस्न लागेको बैठक विषेश गरेर यीनै दुई विषयमा केन्द्रीत हुने सांसदहरुले अनुमान गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा साढे १० बजेपछि बस्नेगरी बैठक बोलाइएको काँग्रेसले जनाएको छ । प्रधानमन्त्री ओलीले केही दिन अगाडि एकाएक अध्यादेश जारी गर्दै संवैधानिक परिषद् सम्वन्धी व्यवस्था परिवर्तन गरेपछि काँग्रेसको शिर्ष नेताहरुको बैठक बसेको थियो ।

    बैठकले अध्यादेश तत्काल फिर्ता लिन र संसद अधिवेशन बोलाउन माग गरेको थियो । तर दुवै मागलाई प्रधानमन्त्री ओलीले अटेर गरेकाले थप दवाव दिन संसदीय दलको कार्य समितिको बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।


    शुक्रवार, पौष ३ २०७७०९:२३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij