Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने निर्णय मान्दैनौं : कांग्रेस

अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने निर्णय मान्दैनौं : कांग्रेस

  • बुधवार, पौष १ २०७७

  • 956
    SHARES

  • अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने निर्णय मान्दैनौं : कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय नमान्ने जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा यसबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुुभयो।

    बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ । सो बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ। बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा  भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ। 

    काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । विशेष अधिवेशन बोलाएमा दुई तीन दिन विशेष विषयमा छलफल गरेपछि ६ महिनासम्म संसद बन्द गर्न सरकारलाई सुविधा प्राप्त हुने भएकाले हिउँदे अधिवेशन मात्र माग गरेको कांग्रेसले जनाएको छ।

    साथै शर्माले सरकारले ल्याएको अध्यादेशले संवैधानिक परिषद्को गरिमालाई गिराउने गरि आएको पनि बताउनुुभयो। यो कार्य अलोकतान्त्रिक सर्वसत्तावादी रहेको उहाँको भनाई छ । उहाँले यो अध्यादेश तुरुन्त फिर्ता गर्न माग पनि गर्नुुभयो।

     

     

     


    बुधवार, पौष १ २०७७०४:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij