काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँ सुरक्षित रुपमा लैजान मिल्ने ‘आइसोलेसन च्याम्बर’ तयार पारेको छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा निकै सस्तोमा आइसोलेसन च्याम्बर तयार पारेको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रमै विभिन्न प्रोजेक्टका लागि खटिएका बायोमेडिकल, इलेक्ट्रोनिकल तथा मेकानिकल इन्जिनियरहरुको टिमले उक्त च्याम्बर परियोजना सम्पन्न गरेको उहाँले बताउनुभएको छ ।
आविष्कार केन्द्रले नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभन्न उपकरण तथा सामग्री निर्माण गर्दै आएको छ ।
यसअघि केन्द्रले पिपिई, मास्क, भाइजरलगायतका सामग्री तयार पारी विभिन्न संघ संस्था तथा स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको थियो ।