Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा स्थायी समितिको बैठक जारी, बैठकमा ओली पनि सहभागि

नेकपा स्थायी समितिको बैठक जारी, बैठकमा ओली पनि सहभागि

  • आइतवार, मंसिर २८ २०७७

  • 1.2K
    SHARES

  • नेकपा स्थायी समितिको बैठक जारी, बैठकमा ओली पनि सहभागि

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बैठक केहीबेरअघि सुरु भएको हो ।

    आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुनुभएको छ । यसअघि गत मंसिर २१ गते बसेको बैठकमा ओलीको सहभागिता थिएन ।

    ओली सहभागि हुने भएरै आजको बैठक बालुवाटार सारिएको स्रोतले जनाएको छ ।

    गत मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

    बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।


    आइतवार, मंसिर २८ २०७७०१:४५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij