Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुरक्षा समितिको बैठक बस्दै, ‘विप्लव समुह र राजावादीविरुद्ध रणनीति बनाइँने’

सुरक्षा समितिको बैठक बस्दै, ‘विप्लव समुह र राजावादीविरुद्ध रणनीति बनाइँने’

  • बुधवार, मंसिर २४ २०७७

  • 1.2K
    SHARES

  • सुरक्षा समितिको बैठक बस्दै, ‘विप्लव समुह र राजावादीविरुद्ध रणनीति बनाइँने’

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह र राजावादीका गतिविधिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । बैठक केहीबेरअघि गृह मन्त्रालयमा सुरु भएको हो ।

    गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसिरहेको बैठकमा सुरक्षा प्रमुखहरु सहभागि छन् ।

    मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार विप्लव समूहले हत्या गरेपछि जनमानसमा त्रास छाएको छ ।

    त्यस्तै, पछिल्लो समयमा राजतन्त्र पक्षधरहरुले आन्दोलन गरिहेका छन् । यसले गणतन्त्रलाई नै खतरा पैदा गरेको विश्लेषण गरिन्छ ।

    बैठकमा विप्लव समूह र राजावादी प्रदर्शनबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

    बैठकमा गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् ।

     


    बुधवार, मंसिर २४ २०७७०३:५२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij