Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देश निराशातर्फ धकेलिएको भन्दै सांसद खतिवडाद्वारा सरकारको ध्यानाकर्षण

देश निराशातर्फ धकेलिएको भन्दै सांसद खतिवडाद्वारा सरकारको ध्यानाकर्षण

  • शनिवार, आषाढ २७ २०८३

  • 196
    SHARES

  • देश निराशातर्फ धकेलिएको भन्दै सांसद खतिवडाद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुक तीव्र निराशाको बाटोतर्फ गइरहेको भन्दै सरकारले आफ्ना कामकारबाहीबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता खतिवडाले जनतामा व्याप्त असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्नुभयो। सरकार गठन भएको छोटो अवधिमै वर्षौंदेखिका सबै समस्याहरू समाधान गर्न सम्भव नहुने व्यावहारिक यथार्थलाई स्वीकार गर्दै उहाँले, वर्तमान कार्यशैलीमा सुधार ल्याई जनतामा आशा जगाउनु सरकारको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो। देशको आर्थिक सुस्तता र सुशासनको अभावका कारण नागरिकमा निराशा बढेको उहाँको भनाइ थियो।
    नेता खतिवडाले भन्नुभयो, “सरकार निर्माण भएको थोरै समय मात्र भएको छ, यो बेला सबै समस्याको निरूपण त हुँदैन। तर, देश जुन निराशाको बाटोमा जाँदैछ, यसबारे सरकारले तत्काल गम्भीर भएर सोच्नै पर्छ र कदम चाल्नै पर्छ। उहाँले सरकारलाई तत्काल आफ्ना नीतिहरूको समीक्षा गर्दै जनमुखी र परिणाममुखी काम गर्न सचेत गराउनुभएको छ ।


    शनिवार, आषाढ २७ २०८३१०:५२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij